२१ पुष २०८२, सोमबार | Mon Jan 5 2026

नेपाली सेनाको कर्फ्यू सुरू, आगजनी र लुटपाटमा संलग्नहरूमाथि कारबाही हुने

२५ भदाै, काठमाडाैँ । नेपाली सेनाले कर्फ्यू आदेशलाई निरन्तरता दिएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले कर्फ्यु आदेश निरन्तरताको सूचना जारी गरेको हो । हाल लागु गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर निरन्तर रहने सेनाले बताएको छ । भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने सेनाले जनाएको छ ।

सेनाले आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमण नगर्न आग्रह गरेको छ । यदि, यी कार्य गरेमा दण्डनीय अपराधका रूपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने सेनाले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १०:१४