याे साता सेयर कारोबार नहुने
२५ भदौ, काठमाडौं । यो साता सेयर कारोबार नखुल्ने भएको छ।नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले विषम परिस्थितिलाई ध्यानमा राख्दै बुधबार र बिहीबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।
“हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले आज सार्वजनिक गरेको सूचनामा भनेको छ । अब अवस्था सुधारिएमा आगामी आइतबारदेखि सेयर कारोबार खुल्नेछ।
प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार ०९:४१














