आगजनीको १६ घण्टापछि सिंहदरबारमा काठमाडौँ महानगरको दमकल
२५ भदौ, काठमाडौँ । जेनजी पुस्ताका युवाको भ्रष्टाचारविरूद्धको आन्दोलनका नाममा आगजनी गरिएको सिंहदरबारमा आगलागीको १६ घण्टापछि काठमाडौँ महानगरपालिकाको दमकल पुगेको छ ।
अझै जलिरहेको सिंहदरबारको मुलभवनमा अहिले दमकलले पानी हालेर निभाउने काम गरिरहेको छ । मंगलबार करिब ३ बजेपछि प्रदर्शनकारीको भिडले सिंहदरबारमा आगजनी गरेको थियो ।

बुधबार बिहान महानगरको दमकल सिंहदरबार छिरेर आगो निभाउने काम गरिरहेको छ । तस्बिरः डा राजेन्द्रराज तिमिल्सिना ।
प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार ०९:२७








