प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै
२४ भदाै, काठमाडाैँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो घटना परिस्थितिबारे जानकारी दिन भिडियो सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानसेनापति सिग्देलले जेनजी आन्दोलन पछिको घटनाक्रमबारे देशबासीलाई जानकारी गराउन लाग्नुभएको नेपाली सेनाले जनाएको छ ।
सिग्देलले शान्ति सुरक्षा कायम गर्नका लागि सबै नागरिक समक्ष अपिल गर्ने बुझिएको छ ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १८:५१








