प्रदर्शनकारीको आक्रमणबाट कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु
२४ भदौ, काठमाडौँ । काठमाडौँको कोटेश्वरमा जेनजी प्रदर्शनकारीको आक्रमणबाट ३ जना प्रहरीको मृत्यु भएको छ । प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् ।
कोटेश्वर प्रभागमा कार्यरत ३ जना प्रहरीहरू हताहती भएको सूचना आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताउनुभयो ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १८:४४








