मन्त्रीहरूलाई हिमालय एयरलाइन्स मार्फत विदेश लैजाने तयारी
२४ भाद्र, काठमाडौँ । नेपाली सेनाले सुरक्षित स्थानमा सारेका नेताहरूलाई दुबै पुर्याउने तयारी भएको छ । नेपाली सेनाले मन्त्री क्वावाटरबाट भैरव दल गणमा पुर्याएका नेताहरूलाई हिमालयन एयरलाइन्स मार्फत दुबइ लाने तयारी भएको स्रोतले जनाएको छ ।
हिमालय एयरलाइन्सको दुई प्लेनले दुबई रुट उडानको परमिट समेत लिइसकेको उक्त स्रोतले दैनिकीलाई जानकारी दियो ।
अहिले त्रिभुवन विमानस्थल पनि नेपाली सेनाले नियन्त्रणमा लिइसकेको छ ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १४:११










