२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

अनेरास्ववियुका अध्यक्ष कडरियाले दिए राजीनामा

२४ भदाै, काठमाडाैँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राजीनामाकाे घोषणा गरेका हुन् ।

सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दबाउन खोजिरहेको भन्दै यसको नतिजा भयाभह हुनेतर्फ उनले सचेत गराएका छन् ।

उनले लेखेका छन्-

हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन !

विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन ।
तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु। जनताको सेवामा निरन्तर लाग्ने छु। यतिवेला सरकारले जनताको भावना विपरित आन्दोलनलाइ दवाउन खोजिरहेको प्रज्ञाभुती भएको छ।यसको नतिजा भयाभह हुनेछ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १३:३९