रास्वपा सांसद असिम शाहद्धारा प्रतिनिधि सभा सदस्यबाट राजीनामाको घोषणा
२४ भदाै, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर आन्दोलनमा संलगन भएको घोषणा गरेका छन् ।
शाहले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको सदस्यको हैसियतमा आजको मितिदेखि संसद सदस्य पदबाट राजीनामा दिएको जनाएका छन् ।
शाहले आजबाटै जेनजी आन्दोलनमा सहभागी हुने घोषणा पनि गरेका छन् ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार ११:४०








