विपक्षी दलको बैठकले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
२४ भदाै, काठमाडौं । विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले जेनजी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेकाे हाे ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भष्ट्राचारी सरकारको रवैया अस्वीकार्य भएको भन्दै बैठकले राजीनामा माग गरेको बताउनुभयाे । प्रधानमन्त्रीले राजीनामा गरी युवाको माग सम्बोधन गर्न माग गरिएको उहाँले जानकारी दिनुभयाे।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १०:२२








