प्रचण्ड निवास छिर्ने गेटको प्रहरी बिटमा आगजनी, घर तोडफोड
२४ भदौ, काठमाडौँ । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास छिर्ने गेटको छेउवमा रहेको प्रहरी बिटमा आगो लगाएका छन । केपी शर्मा ओली नेतृत्वको सरकारले शान्तिपूर्ण प्रदर्शनमा गोली हानेर २० जना युवाको हत्या गरेपछि आक्रोशित भएका युवाहरूले बिहानै प्रचण्ड निवास छिर्ने गेटको प्रहरी बिटमा आगजनी गरेका हुन । उनहरूले भित्र घरमा समेत ढुंगामुढा गरेका छन । उनीहरूले घरतोडफोड गरेका छन ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १०:२५








