काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीलाई
२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ । प्रहरीका निमित्त प्रमुख डीआईजी ओम रानालाई जिम्मेवारीबाट हटाएर उहाँको स्थानमा एआईजी कार्कीलाई कमाण्ड दिइएको हो ।
यसअघि यहाँ प्रमुख रहनुभएका एआइजी टेक तामाङले गत साता अवकाश पाउनुभएको थियो ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार ०९:४१








