२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

छुट्ला है ! झापा इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

२४ भदौ, काठमाडौं । झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ २० गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि ४ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरको रु. १०० अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर जारी गरेको छ।

कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार ०९:१८