१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाए

२३ भदाै, इटहरी । प्रहरीले एक जना प्रदर्शनकारीको गोली लागेर मृत्यु भएपछि उत्तेजित भएको प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेका छन् । सरकारविरुद्ध आन्दोलनरत जेनजी पुस्ताका प्रदर्शनकारीले इटहरी उपमहानगरपालिका कार्यालय भवनमा केहीबेर आगो लगाएका हुन् ।

dainiki.com

प्रदर्शनकारीले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचरलगायतका सामग्री भवनबाहिर ल्याएर जलाएका छन् भने आगजनीबाट कार्यालय भवनमा क्षति पुगेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १८:१५