बीमा प्राधिकरणकाे अध्यक्षबाट ओझालाई तत्काल नहटाउन अदालतको अल्पकालिन अन्तरिम आदेश
२३ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनः शरद ओझालाई नै अध्यक्षको हैसियतमा काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
अदालतले ओझालाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न र नयाँ अध्यक्ष नियुक्तिको प्रक्रियालाई यथास्थितिमै रोक्न आदेश जारी गरेको छ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १७:४३












