देउवाले बोलाए आकस्मिक बैठक
२३ भदौ, काठमाडौँ । नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। जेनजी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाउनुभएको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ। सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजीले आज काठमाडौंलगायत देशका केही सहरहरूमा प्रदर्शन गरेका थिए।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १६:१२








