नेपाल पुनर्बीमामा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
२३ भदौ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से ३३.१५ अंकले घटेर २६७५.७९ को विन्दुमा कायम भएको हो ।
सोमबार ३२० कम्पनीको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ३० करोड ६८ लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, यस दिन युनियन हाइड्रोपावरको २४ करोड ९ लाख रुपैयाँ, युनिभर्सल पावरको २३ करोड २४ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको २१ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १५:१७













