२८ माघ २०८२, बुधबार | Thu Feb 12 2026

जेन–जी प्रदर्शनका क्रममा मृत्यु भएका युवाप्रति प्रचण्डद्धारा दुःख व्यक्त, स्थिति थप बिग्रिन नदिन आग्रह

२३ भदौ । काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन्।

प्रचण्डले प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले भने, “आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले स्तब्ध र गम्भीर बनाएको छ।”

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने र भ्रष्टाचारविरुद्ध उठाइएका मागहरू तत्काल सम्बोधन गर्नुपर्ने प्रचण्डको आग्रह छ। उनले भने, “स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।”

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १४:२६