रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक
२३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालयको बैठक बोलाएको छ। रास्वपाको सचिवालय बैठक सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार सोमबारको जेन–जीको प्रदर्शनबारे छलफल गर्न बैठक बोलाएको हो। जेनजी प्रदर्शनकारीले संसद भवन घेराउ गरेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १४:२८








