२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

आईपीओ निष्कासन गर्दै कालिन्चोक इन्भेष्टमेन्ट, बिक्री प्रबन्धक नियुक्त

२३ भदौ, काठमाडौं। कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।

कम्पनीले उक्त सेयर निष्काशन कार्यका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

जारी पूँजी ८० करोड रुपैयाँ रहेको कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडकले जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने ७० प्रतिशतले हुने रकम हाल धितोपत्र बोर्डको लगानी कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धि निर्देशनहरु तथा निर्देशिकाहरुको अधिनमा रही विभिन्न पर्यटन क्षेत्र अन्तर्गत विभिन्न केवलकार कम्पनीहरुमा, विभिन्न उर्जा कम्पनीहरुमा र कृषि उत्पादन क्षेत्रहरुमा लगानी गर्दै आईरहेको छ ।

आज भएको सो सम्झौतामा कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएकाे छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १४:०३