२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

संसद भवनको मुल गेटमा पुगे जेनजी, प्रहरीले हान्यो अश्रुग्याँस

२३ भदौ, काठमाडौं । जेनजी पुस्ताको आन्दोलन भिषण उग्ररुप लिने संकेत गरेको छ । प्रदर्शनकारीहरुले प्रहरी सुरक्षाकर्मीको घेरा तोडेर निषेधित क्षेत्र नाघेर नयाँ बानेश्वरस्थित संसद भवनको मूल गेटमा पुगेका छन् ।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका प्रदर्शनकारीहरु संसद भवनको मूल गेटमा पुगेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १२:१९