किर्तिमानी उचाईबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२३ भदौ, काठमाडौं । किर्तिमानी उचाईमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्ला दिनहरुमा निरन्तर जसो नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य यस दिन घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । यस दिन चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४७५ रुपैयाँमा सीमित बनेको छ ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १०:४७












