२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

हिमालयन बैंकको २ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

२३ भदौ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ९ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १४ हजार ४९२.६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको कमलादीमा रहेको बैंकको कानून विभागमा आवेदन दिनुपर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक रहेकाले मूल्य तथा अन्य सम्बन्धी जानकारीका लागि बैंकको कानून विभागमा सम्पर्क गर्न बैंकले भनेको छ ।

साथै, तोकिएको समयअवभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार ०९:५५