कामना सेवा विकास बैंकले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?
२२ भदौ, काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे ।
प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि सेयरधनीहरूमा वितरण हुनेछ ।
प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १७:४०












