नेप्सेमा गिरावट, ४ अर्ब ४० करोडको कारोबार
२२ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ११.३२ अंकले घटेर २७०८.४५ को बिन्दुमा बन्द भएको छ । आज ३३४ कम्पनीको १ करोड ११ लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।
आज ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७३ कम्पनीको घटेको छ । आइतबार हिमस्टार उर्जाको सेयरमा सकरात्मक सर्किट लाएको छ । यस दिन युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीकाे यस दिन २९ करोड ९९ लाख रुपैयाँकाे काराेबार भएकाे हाे ।
प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १५:२०














