१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

आज हिमस्टार उर्जासहित यी कम्पनीको सेयर मूल्य बढ्यो सर्वाधिक

२२ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ११.३२ अंकले घटेर २७०८.४५ को बिन्दुमा बन्द भएको छ । आज ३३४ कम्पनीको १ करोड ११ लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।

आइतबार हिमस्टार उर्जाको सेयरमा सकरात्मक सर्किट लाएको छ । यस दिन कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन एनआइबिएल सम्वृद्धि फण्ड २ को सेयरमूल्य ५.८३ प्रतिशत, यूनिभर्सल पावर कम्पनीको सेयरमूल्य ५.१२ प्रतिशतले बढेको छ ।

 

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १५:१४