आइतबार युनियन हाइड्रोसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२२ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ११.३२ अंकले घटेर २७०८.४५ को बिन्दुमा बन्द भएको छ । आज ३३४ कम्पनीको १ करोड ११ लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।
यस दिन युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीकाे यस दिन २९ करोड ९९ लाख रुपैयाँकाे काराेबार भएकाे हाे । त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४६ लाख रुपैयाँ, एभरेष्ट बैंकको २२ करोड १५ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको १६ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १५:०९














