एभरेष्ट बैंकको सीइओमा दोहोरिए सुदेश खालिङ राई
२२ भदौ, काठमाडौं । एभरेष्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ राई पुनः दोहोरिनुभएको छ। बैंकको भदौ २२ गते बसेको संचालक समितिको बैठकले उहाँलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
असोज ८ देखि लागू हुने गरी खालिङलाई ४ वर्षको लागि पुनः सीईओ नियुक्त गरिएको हो । ४ वर्षको कार्यकाल सकिएपछि उनलाई दोस्रो कार्यकालको लागि सीइओ नियुक्त गरिएको हो ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १४:२४












