नेशनल इन्स्योरेन्समा रोजगारीको अवसर
२२ भदौ, काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै एक्चुरियल एनालिष्ट पदमा कर्मचारी माग गरेको हो ।
आवदेन दिनका लागि मान्यतप्राप्त शैक्षिक संस्थाबाट न्युनतम् ६० प्रतिशत नतिजा ल्याएर स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ। साथै, ३५ वर्ष नकटेको हुुनुपर्ने लगायत अनुभवि उम्मेद्वार हुनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुकले आवश्यक कागजात संकलन गरी असोज ५ गतेसम्म आवेदन दिसक्नुपर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १२:०४








