सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न २ लाख १२ हजार चाहिने
२२ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५ सय पुगेको छ । गत शुक्रबार चाँदी तोलाको २ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १०:५१












