सेप्टेम्वर २१ र २१ एडिलेडमा दशै कप हुदै
एडिलेड । एडिलेड खुकुरी फुटवल क्लबको आयोजनामा आगामी सेप्टेम्वर २० र २१ मा दशै कप २०२५ हुने भएको छ |
क्लवका महासचिब राजन लामिछानेका अनुसार प्रतियोगितामा १२ टिमको सहभागी हुनेछन् । यसैगरी भेट्रान समुह तर्फ ६ टिम र बालबालिका ६ टिमले सहभागिता जनाउने भएका छन् ।
ग्रिन हिल रोडको पार्क १९ मा संचालन हुने खेलको विजेता टिमलाई कप, मेडल तथा अष्ट्रेलियन डलर ४०००, दोस्रालाई कप, मेडल तथा अष्ट्रेलियन डलर २००० र भेट्रान तर्फ विजेतालाई कप, मेडल तथा अष्ट्रेलियन डलर १५०० , दोस्रालाई कप, मेडल तथा अष्ट्रेलियन डलर ७५० प्रदान गरिने भएको छ ।
महासचिव लामिछानेले प्रतियोगिता नेपालीहरुका विचमा भाईचारा बढाउने तथा अन्य गैरनेपाली समुदायमा नेपाल र नेपाली चाड पर्व संस्कृति वारे जानकारी दिनुका साथै यहाँ हुर्केको नया पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नका लागि प्रत्यक वर्ष आयोजना गर्ने गरिएको बताए ।
प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १०:१६












