आरबिबि फोकस ४० को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
२२ भदाै, काठमाडाैं। आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने आरविवि फोकस ४० को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक र आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेखि खुला गरिएको थियो ।
कुल निष्कासनमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ । सार्वजनिक निष्कासन गर्न लागिएको मध्ये १ प्रतिशत योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ ।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा भदौ २२ गते र ढिलोमा असोज १ गते बैंकिङ समयपछि हुने तय गरिएको थियो । तर मागबमोजिम आवेदन नपरेकाले आवेदन दिने म्याद असोज १ गतेसम्मका लागि लम्बाइएको छ । मागभन्दा बढी आवेदन प्राप्त भएमा असोज १ गते अगावै बिक्री आवेदन बन्द गरिने बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा आरविवि मर्चेन्ट बैंकिङ रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार ०९:२४













