२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

‘महिन्द्रा मनसुन सर्भिस क्याम्प २०८२’ बाट २ हजार भन्दा बढी ग्राहक लाभान्वित

२० भाद्र, काठमाडौँ । अग्नि ग्रुपअन्तर्गत रहेको नेपालको लागि महिन्द्राको आधिकारिक सेवा केन्द्र बालाजु अटो वर्क्स प्रालिले वर्षायाम लक्षित ‘महिन्द्रा मनसुन सर्भिस क्याम्प २०८२’ सफलतापूर्वक सम्पन्न गरेको छ । यही भाद्र १८ गतेबाट ३ दिनसम्म देशभर महिन्द्राका आधिकारिक वर्कसपहरूमा सञ्चालन भएको यस क्याम्पबाट २,००० भन्दा बढी सवारीधनी, चालक तथा ग्राहकहरू लाभान्वित भएका छन् ।

यस मनसुन क्याम्पमा महिन्द्राका सम्पूर्ण चार पाङ्ग्रे गाडीहरूको लागि विभिन्न आकर्षक छुट र सेवाहरू उपलब्ध थिए । यसमा स्पेयर पार्ट्स र लुब्रिकेन्टमा १०% छुट, एसि ग्यास चार्जिङमा २०% छुट, ह्विल अलाइनमेन्टमा ५०% छुट, र कम्प्युटर डायगनोसिसमा ५०% छुटको व्यवस्था रहेको थियो । साथै, गाडीहरूको ३० पोइन्ट निःशुल्क चेकअप र निश्चित एक्सेसरिजहरूमा ५०% सम्मको छुट पनि प्रदान गरिएको थियो ।

वर्षा मौसम लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा ग्राहकवर्गको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया रहेको थियो । बालाजु अटो वर्क्स, यी क्याम्पहरूमार्फत नेपाली ग्राहकसँगको सम्बन्धलाई अझ बढी बलियो र फलदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्दछ । बालाजु अटो वर्क्स, नेपाली ग्राहकहरूलाई वर्षौँदेखि नेपाली ग्राहकहरूलाई महिन्द्राको गाडीहरूको लागि गुणस्तरीय सेवा(सर्भिसिङ), जेन्युन स्पेयर पाटपूर्जा तथा ल्युब्रिकेन्ट्स प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार २१:१९