एमाले विधान महाधिवेशनमा कुदेको मन्त्रीको गाडीले बालकलाई ठक्कर दियो
२१ भदाै, काठमाडाैँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा कुदेको एक गाडीले ललितपुरमा एक बालकलाई ठक्कर दिएको छ । तीब्र गतिमा रहेको कोशी प्रदेशमन्त्री आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले ११ वर्षीय बालकलाई ठक्कर दिएको हो ।

ट्राफिक प्रहरी बृत्त सातदोबाटोका अनुसार मन्त्रीको को १ झ ६९९ नम्बरको गाडीले ठक्कर दिएको बालकलाई उपचारका लागि बिएण्डबी अस्पताल लगिएको छ । घइतेको अवस्था गम्भीर रहेको छ । घटनास्थल हरिसिद्धिको उकालोमा स्थानीयले सडक अरूद्ध गरेर दोषीलाई कारबाहीको माग गरिरहेका छन ।
प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार ०८:२४












