२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मुक्तिनाथ क्यापिटलले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित हुने

२० भदौ, काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले असोज १० गते काठमाडौंको हात्तिसारमा रहेको आरण्य बुटिक होटल एण्ड रेष्टुरेन्टमा साधारण सभा बोलाएको हो । सभा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ९ प्रतिशत नगद लाभांश कर सहित प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार ११:५३