सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, प्रतितोला दुई लाख १० हजार नाघ्यो
२० भदौ, काठमाडौँ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला दुई लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा २ हजार ४९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार ११:२३












