नाडाको विशेष साधारण सभा स्थगित
२० भदौ, काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको विशेष साधारण सभा स्थगित भएको छ । नाडाको भदौ १९ गते बसेको केन्द्रीय कार्य समितिको बैठकले भदौ २४ गते द प्लाजा झम्सिखेल ललितपुरमा हुने भनिएको विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ ।
नाडाले अर्को सूचना प्रकाशित नभएसम्मको लागि सारिएकोले र उपयुक्त समयमा अर्को सूचना प्रकाशित गर्ने जनाएको छ । साथै, यस सम्बन्धमा सम्पूर्ण सदस्यहरूलाई जानकारी गराइएको उल्लेख गरिएको छ।
प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार ११:०५












