निफ्राले घोषणा गर्यो लाभांश
२० भदौ, काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ६.३१५८ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार १०:३१










