नेपाल पुनर्बीमा कम्पनीको नाफा ६.२९ प्रतिशतले बढ्यो
२० भदौ, काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले गत आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्म कम्पनीले ७ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.१३ प्रतिशतले बढी हो । कम्पनीको कुल आम्दानी पनि ६ अर्ब ५३ करोडबाट बढेर ८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीले यो अवधिसम्म ५ अर्ब १७ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च ३४.३५ प्रतिशतले बढेर ७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.४५ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १४७.१५ रुपैयाँ रहेकाे छ ।
प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार १०:२७












