२८ माघ २०८२, बुधबार | Thu Feb 12 2026

सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

२० भदौ, काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ ।

सो समितिको सभापति रहनुभएकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ । बैठकले कांग्रेस सांसद रामहरि खतिवडालाई समितिको सभापतिमा निर्वाचित गर्ने निश्चितप्राय छ । कांग्रेसको भागमा परेको समितिको सभातपिमा कांग्रेसले रामहरिलाई अघि सारेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार ०७:३५