१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

४१ करोड ६० लाखको आईपीओ निष्काशन गर्दै संयुक्त उर्जा

१९ भदौ, काठमाडौं । संयुक्त उर्जा लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ४१ करोड ६० लाख रुपैयाँ रकम बराबरको ४१ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र संयुक्त उर्जाका तर्फबाट प्रबन्ध संचालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गर्नुभएको छ ।

संयुक्त उर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा रहेको २१।३ मेगावाट क्षमताको ठूलो खोला जलबिद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन शुरु भईसकेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १७:४७