एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
१९ भदौ, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट पारित गरेर सेयरधनीलाई वितरण गरिनेछ ।
प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १७:३६












