२७ पुष २०८२, आईतवार | Mon Jan 12 2026

फेसबुक बन्द भए पनि यी सामाजिक सञ्जाल सञ्चालनमा रहने

१९ भदौ, काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चलाउन सकिन्छ भन्ने विषयमा चौतर्फी चासो बढेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपोलाइभ सूचीकरण भइसकेका छन् । यी प्ल्याटफर्म बन्द हुने छैनन् । त्यस्तै, टेलिग्राम र ग्लोबल डायरी हाल सूचीकरण प्रक्रियामा रहेका छन्। अब नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरु फेसबुक, एक्स, इन्टाग्राम, म्यासेन्जर लगायत बन्द हुने छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १६:१२