१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम भने बढ्याे

१९ भदौ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से ६.५५ अंकले घटेर २७१९.७७ को बिन्दुमा बन्द भएको छ ।

आज ३१७ कम्पनीको १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । बिहिबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ ।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ३५ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।यस दिन हिमस्टार उर्जाको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १५:२८