सामाजिक सञ्जालको दुरुपयोग गर्ने नुवाकोटका सुमन पक्राउ
१९ भदाै, काठमाडाैँ । सामाजिक सञ्जालमार्फत सम्मानित तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई लक्षित गरी अश्लील अभिव्यक्तिका साथ हिंसात्मक भाषा प्रयोग गरेर पोस्ट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी साईबर ब्युरोको प्रारम्भिक अनुसन्धान अनुसार सो पोस्टले समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाउने खालको देखिएको थियो। त्यसैको आधारमा प्रहरीले विशेष अनुसन्धान गरी पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोटकाे तादी गाउँपालिका–७ घर भई हाल काठमाडौँकाे कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३५ वर्षीय सुमन थापा रहेका छन्। उनलाई प्रहरी टोलीले भदौ १८ गते पक्राउ गरी काठमाडौँ जिल्ला अदालतको आदेशमा तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साईबर ब्युरोले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग नगर्न र आपसी सद्भाव विगार्ने गतिविधि तत्काल बन्द गर्न सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १७:३५












