सपोर्ट लघुवित्तको सेयर बिक्रीमा
१९ भदौ, काठमाडौं। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ४ हजार ८१.४५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
उक्त सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ८५० रुपैयाँ तोकिएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी संस्थाको सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बेंकिङमा आफू खरिद गर्न चाहेको सेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ ।
प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार ११:१६












