२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

शिव श्री हाइड्रोपावरको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

१९ भदौ, काठमाडौं । शिवश्री हाइड्रोपावरले आजदेखि हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। यसको अर्थ साउन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा असोज ८ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यपिटलका साथै सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगञ्ज,सुर्खेत, जनकपुर नारायणगढ,धनगढी, पोखरा९न्यूरोड०,बुटवल र हेटौडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार ०९:१९