२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता खोसिएको होइन, परित्याग गरेको होः महासचिव पोखरेल

१८ भदौ, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको नभई परित्याग गरेको बताउनुभएको छ । एमालेले भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरी आयोजना गर्न लागेको दोस्रो विधान महाधिवेशनका बारेमा जानकारी दिन पार्टी कार्यालयमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।

उहाँले पूर्वराष्ट्रपति भण्डारीकाे सदस्यताका विषयमा पार्टीले गरेको निर्णय कायमै रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘परित्याग गरेको विषयलाई पुनस् कायम गर्ने कि नगर्ने भन्ने पार्टीको फैसला छ । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिबारे पार्टीले फैसला गरिसकेको छ । त्यसमा पार्टी कायमै छ ।’

यस्तै, महासचिव पोखरेलले पार्टीका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको प्रस्तावमाथि नभई पूर्वराष्ट्रपति विद्या भण्डारीबारे गरिएको निर्णयमाथि असहमति मात्रै भएको बताउनुभएकाे छ । उहाँले दुई उपाध्यक्षको निर्णयमाथिको असहमति विधान महाधिवेशनमा छलफल गर्ने कि नगर्ने भन्नेबारे सचिवालय बैठकले टुङ्ग्याउने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, कर्ण थापाले पार्टी जीवनको लोकतान्त्रिकरणको विषय उठाएर उहाँले विधानमा फरक मत राख्नुभएको छ। त्यो विधानमाथि छलफल हुनसक्ला। त्यो विषय पनि भोलिको सचिवालय बैठकले नै निरूपण गर्ला। अरूले फरक मत राख्नुभएको छैन।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १६:१८