सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, प्रतितोला २ लाख सात हजार ९ सय
१८ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउदै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला दुई लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढेर नयाँ रेकर्ड बनाइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु दुई हजार ४८० कायम भएको छ । मंगलबारको बजारमा चाँदी तोलाको दुई हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १०:५०












