२ पुष २०८२, बुधबार | Wed Dec 17 2025

समता घरेलु लघुवित्तको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

१८ भदौ, काठमाडौं। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि संस्थाको विद्यमान संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्री गर्ने इच्छा राखि निवेदन दिएकोमा संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचनामार्फत बिक्रीमा राखिएको थियो ।

तर उक्त अवधिमा संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरि संस्थाको बनेपामा रहेको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्ने सेयर कित्ता तथा दरभाउ सहितको व्यहोरा खुलाई निवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार ०९:१६