२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

फरक मतको डरले स्थगित भएको एमाले केन्द्रीय कमिटी नबस्ने

१७ भदाै, काठमाडाैँ । केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेको नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । भदौ १९ गते दिउँसो ३ बजे पार्टी मुख्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको छ ।

भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने विधान महाअधिवेशनमा प्रस्तुत गर्ने अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन पारित गर्नका लागि एमाले बैठक बोलाएको हो ।

dainiki.com

पार्टीका तल्ला कमिटीहरूबाट विधानमा संशोधनका लागि सुझाव समेत मागेको एमालेले ती सुझाव भने संशोधनमा समेटेको छैन् । यसअघि अध्यक्ष ओली इच्छामा संशोधनका लागि राखिएको व्यवस्था नै हुबहु रहेको छ ।

यसअघि स्थायी कमिटी बैठक छलेको एमालेले केन्द्रीय कमिटी बैठक बोलाएर स्थगित गरेको थियो । बैठकमा फरक मत प्रस्तुत हुने भएपछि ओलीले अनिश्चितकालका लागि बैठक नै स्थगित गराइदिनुभएको छ । ओलीको अल्पमत हुने भएपछि एमालेले यसअघि स्थायी कमिटी बैठक पनि राखेन ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार १५:३२